झलनाथ खनालको आग्रह– अब पार्टी कहिल्यै फुटाउँदैनौँ भनेर सङ्कल्प गरौँ
बुधबार, १९ कात्तिक २०८२, १५ : ३५
सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले १० दलको एकता सभामा नेताहरूलाई पार्टी नफुट्ने सङ्कल्प गर्न आग्रह गरे।
- भृकुटीमण्डपमा भएको सभामा खनालले एकतालाई जोड दिँदै युवालाई नेतृत्वमा ल्याउनुपर्ने बताए।
- उनले पार्टीलाई जनमुखी र वर्गमुखी बनाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले १० दलको एकता सभामा उपस्थित नेताहरूलाई अब कहिल्यै पार्टी फुट्दैन भनेर सङ्कल्प गर्न आग्रह गरेका छन् ।
भृकुटीमण्डपमा बुधबार भएको एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले मञ्चमा उपस्थित नेताहरूलाई सङ्कल्प गर्न आग्रह गरेका हुन् ।
‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर सङ्कल्प गरौँ । यसभन्दा अगाडि पनि हामीले एकता हेर्यौँ । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौँ । ‘ए र कता’लाई जोडेर अगाडि बढौँ’, उनले भने, ‘जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौँ । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण