देव गुरुङले प्रस्तुत गरे नवगठित पार्टीको संक्षिप्त घोषणापत्र
काठमाडौँ । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको मार्गचित्र (घोषणापत्र) प्रस्तुत गरिएको छ ।
भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा नेता देव गुरुङले नवगठित पार्टीको संक्षिप्त मार्गचित्र प्रस्तुत गरेका हुन् ।
उनले पार्टीको विस्तृत घोषणापत्र भने अब कार्यदलले बनाउने उल्लेख गर्दै अहिले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउन तयार गरिएको प्रस्तावका रूपमा रहेकाे बताए ।
संक्षिप्त घोषणापत्रमा २३ बुँदे प्रतिबद्धता समेटिएका छन् । जसमा समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध, नेपालको संविधानको रक्षासहित सङ्घीयताको सवलीकरणका लागि परिमार्जन गरिने, भ्रष्टाचार नियन्त्रण र सुशासन, सम्पत्ति जाँचबुझ आयोग गठन र भ्रष्टाचारीलाई कारबाही गर्न कदम चाल्ने, स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवाको ग्यारेन्टी गरिने घोषणापत्रमा समावेश छ ।
त्यस्तै बहिष्करण र वञ्चितिकरणमा परेकाहरूको अधिकार सुनिश्चित गर्न लागि पर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण र गरिबी नियन्त्रणको प्रयास गर्नेलगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण