‘नहल्लिने क्यामेरा’ प्रविधि भएको सामसङ ग्यालेक्सी एम१७ ५जी नेपालमा
सारांश
- Samsung ले नेपालमा Galaxy M17 5G स्मार्टफोन सार्वजनिक गर्यो, जसमा 'नहल्लिने क्यामेरा' प्रविधि रहेको छ।
- नयाँ स्मार्टफोनमा एआई सुविधाहरू र शक्तिशाली प्रोसेसर छन्, जसले खोज र मल्टीटास्किङलाई सजिलो बनाउँछ।
- यो फोन ६.७ इन्चको डिस्प्ले, IP54 सुरक्षा, र विभिन्न मूल्यमा उपलब्ध छ, जुन सामसङका पसलहरूमा पाइन्छ।
काठमाडौँ । सामसङले नेपालमा आफ्नो लोकप्रिय ग्यालेक्सी एम शृङ्खलाको नयाँ स्मार्टफोन, ग्यालेक्सी एम१७ ५जी, सार्वजनिक गरेको छ।
उत्कृष्ट बनोट र बलियो टिकाउपनसहित आएको यो स्मार्टफोनले आफ्नो समूहमै पहिलोपटक अप्टिकल तस्बिर स्थिरीकरण (ओआईएस) अर्थात् ‘नहल्लिने क्यामेरा’ प्रविधि भित्र्याएको छ। अब जहाँ भए पनि स्थिर र स्पष्ट तस्बिर तथा भिडियो खिच्न सकिनेछ।
ग्यालेक्सी कृत्रिम बौद्धिकता (एआई) द्वारा सञ्चालित ग्यालेक्सी एम१७ ५जीमा सर्कल टू सर्च विथ गुगल र रियल टाइम एआई एसिस्टजस्ता सुविधा समावेश छन्, जसले खोज, धेरै काम एकैपटक गर्ने र कुराकानीलाई झन् सहज बनाउँछ। ६ नानोमिटरको एक्जिनोस १३३० प्रोसेसरले काम, गेमिङ र स्ट्रिमिङमा छिटो तथा शक्ति बचत गर्ने प्रदर्शन दिन्छ।
यसका मुख्य विशेषताहरू हुन् ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले् रहेको छ, जसलाई कर्निङ गोरिल्ला ग्लास भिक्टसले सुरक्षित गरेको छ। साथै, आईपी५४ मापदण्ड ले यो फोनलाई धूलो र पानीबाट सुरक्षा दिन्छ।
यसको ४ जीबी / १२८ जीबी भेरियन्टको मूल्य २५ हजार ९९९ रुपैयाँ र ६ जीबी / १२८ जीबी भेरियन्टको मूल्य २७,९९९ रुपैयाँ रहेको छ ।
ग्यालेक्सी एम१७ ५जी अब देशभरका सामसङ आधिकारिक खुद्रा पसलहरू, सामसङ प्लाजा, र प्रमुख विद्युतीय किनमेलका मञ्चहरूमा उपलब्ध छ। उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरबाट यो नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण