सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल
सारांश
- काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको 'लक्जरी स्टे' पार्टनर बनेको छ।
- मेरियट र सुदूरपश्चिम रोयल्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि प्रशिक्षण सुरु गरेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ। बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम रोयल्सबिच यो सहकार्य सुरु भएको हो।
होटल मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोज र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले देशकै प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने– ‘मेरियट जस्तो प्रतिष्ठित होटलसँग सहकार्य गर्न पाउँदा निकै खुशी छु। यो सहकार्यले दुबै पक्षलाई सकारात्मक ऊर्जा मिल्नेछ।’
त्यस्तै, मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोजले आफ्नो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न तयार रहेको बताए। ‘हाम्रो मनपर्ने टोली सुदूरपश्चिमलाई स्वागत गर्न हामी तयार छौँ। यो सम्झौताले हामीलाई निकै खुशी बनाएको छ,’ कम्बोजले भने।
यो सिजन उपाधि जित्ने लक्ष्य लिएको सुदूरपश्चिम रोयल्सले आफ्नो प्रशिक्षण पनि सुरु गरिसकेको छ। टोलीले हालसम्म चार विदेशी खेलाडी भित्र्याएको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम रोयल्सको टोली :
दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक : जगत टमटा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण