दर्शकले रुचाएपछि ‘परान’को शो दोब्बरले बढ्यो
सारांश
- शुक्रबार रिलिज भएको फिल्म 'परान' ले सुरुमा राम्रो व्यापार गर्न सकेन, तर दर्शकको सकारात्मक प्रतिक्रियापछि गति लियो।
- फिल्मले दर्शकको राम्रो साथ पाएपछि बुधबार र बिहीबार शोको संख्या बढ्यो र धेरै शो हाउसफुल भए।
- 'परान' बाबु-छोराको सम्बन्धमा आधारित फिल्म हो, जसले दर्शकलाई रुवाउने प्रतिक्रिया दियो र नीर शाहको अभिनयको प्रशंसा भयो।
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले सोमबारसम्म बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । यो अवधिसम्म फिल्मको देशव्यापी अकुपेन्सी ३० प्रतिशत थिएन । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि मंगलबारबाट फिल्मले गति समातेको छ । बुधबारपछि फिल्मको शो र व्यवसाय पनि एकदमे बढेको छ ।
रिलिजको पहिलो दिन ६४ शो पाएको फिल्मले दर्शक उपस्थिति न्यून हुँदा त्यसपछिका दिनमा धेरै शो गुमाएको थियो । तर बिहीबारसम्म आउदा फिल्मले १३२ बढी शो पाएको छ । त्यसमध्ये ४० भन्दा बढी शो बिहान नै हाउसफुल भएको निर्माण पक्षले जनाएको छ । दिउँसो र साँझका शोहरूमा पनि उल्लेख्य मात्रामा टिकट बिक्री भएका छन् ।
फिल्मको बुधबार कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र राइजिङ मलको क्यूएफक्स हलमा रातिको १२ बजेसम्म पनि राम्रो दर्शक थियो । बुधबार पनि केही हलले रातिको ९ बजेसम्म फिल्मलाई शो उपलब्ध गराएका थिए । बिहीबार पनि बिहानैदेखि फिल्ममा दर्शक राम्रो देखिएका छन् ।
बाबु–छोराको भावनात्मक सम्बन्धमा आधारित ‘परान’ले हलमा दर्शकको रुवाबासी नै चलाएको छ । फिल्म हेर्दा दर्शकहरू हलभित्रै रोएका केही भिडियो टिकटकमा निकै भाइरल भएका छन्, जसले फिल्मको लोकप्रियता अझ बढाएको छ । विशेषगरी कलाकार नीर शाहको अभिनयले दर्शकलाई बढी प्रभावित बनाएको बताइन्छ ।
दीपक प्रसाद आचार्यको निर्देशन रहेको फिल्ममा फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ ।
फिल्मको निर्माणमा देशका ठुला व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले सहकार्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण