फ्राइडे रिलिज : 'जारी–२' भर्सेज 'मन बिनाको धन'
सारांश
- शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म 'जारी-२' र 'मन बिनाको धन' रिलिज भएका छन्।
- 'जारी-२' उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म हो, जसले १० वर्षे द्वन्द्वकालको कथा प्रस्तुत गर्छ।
- 'मन बिनाको धन' गायक अशोक दर्जीको जीवनमा आधारित छ, जसले उनको सांगीतिक संघर्ष देखाउँछ।
काठमाडौँ । आज (शुक्रवार)देखि नेपालका सिनेमा घरमा दुई नयाँ नेपाली फिल्म ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म प्रदर्शनमा आएका हुन् ।
यद्यपि देशभरका फिल्म हलमा यी दुवै फिल्मले मात्र कब्जा जमाउन पाएको छैन । किनभने गत साताको ‘परान’, त्यसअघि रिलिज भएका नेपाली र आजै एक हिन्दी र एक अंग्रेजी फिल्म पनि हलमा लागेका छन् ।
जारी–२
उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी–२’ करिब २ सय शो सहित प्रदर्शनमा आएको छ । केही वर्ष अघिको व्यावसायिक सफल फिल्म ‘जारी’को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मको बिहीबार साँझ काठमाडौँमा प्रिमियर भयो । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कतिले फिल्म जारी भन्दा उत्कृष्ट भन्दा कतिले कमजोर सिक्वेल समेत भने ।
फिल्मले १० वर्षे द्वन्दकालको छाया कसरी एउटा परिवारमा परेको थियो भन्ने विषयलाई सांस्कृतिक शैलीमा उठान गरेको फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सबैले हेर्न मिल्ने युनिभर्स सर्टिफिकेट पाएको छ । फिल्म ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखु लगायतको अभिनय छ ।
मन बिनाको धन
टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बालगायकको रूपमा भाइरल असोक दर्जीको जीवनकथामा बनेको हो । सुरुमा कम शोज पाएको फिल्म माउथ पब्लिसिटीले शो बढ्ने अपेक्षा गरिएको छ ।
फिल्मको शुक्रबार बिहान प्रेस शो समेत राखिएको छ । फिल्मले अशोकको साङ्गीतिक सङ्घर्ष तथा सफलताको कथा प्रेरणाको रूपमा देखाएछ । फिल्मलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको छ ।
‘मन बिनाको धन’ गायक अशोक दर्जीकै मुख्य भूमिका छ । अशोकको अलावा रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।
फिल्मका निर्देशक टंक बुढाथोकी हुन् । विष्णुमाया मैनाली निर्माता रहेको यो फिल्ममा जीपी सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सह–निर्मातामा छन् भने सपना शर्मा कार्यकारी निर्माता रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण