बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

अध्ययन र प्रशासनिक वातावरण सुधारको मागसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र

शुक्रबार, २१ कात्तिक २०८२, २१ : ०५
शुक्रबार, २१ कात्तिक २०८२

जनकपुरधाम । मधेस विश्वविद्यालयका कानुन संकायका विद्यार्थीहरूले विश्वविद्यालयको अध्ययन र प्रशासनिक वातावरण सुधार गर्न मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनललाई ज्ञापनपत्र बुझाएका छन् । 

शुक्रबार उनीहरुले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न मुख्यमन्त्रीसँग अनुरोध गरेका हुन् ।

विद्यार्थीहरूले कुलपति र प्रशासनिक क्षेत्रमा देखिएका समस्या, असंरचनात्मक शिक्षण प्रणाली, उपकुलपति र रजिष्ट्रारको समयको अभाव, पर्याप्त शौचालय सुविधा नहुनु लगायतका मुद्दा मुख्यमन्त्री सोनलसमक्ष राखे ।

मुख्यमन्त्री सोनलले विश्वविद्यालयका समस्याहरू समाधान गर्न पहल गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप