बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन् २०२५ मा जर्मनी पुग्ने सिरियाली आप्रवासीको सङ्ख्या ५० प्रतिशतले कमी

शुक्रबार, २१ कात्तिक २०८२, २२ : ४६
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • सन् २०२५ को पहिलो नौ महिनामा जर्मनीमा सिरियाली आप्रवासनमा ४६.५ प्रतिशतले गिरावट आएको छ।
  • जनवरी र सेप्टेम्बर २०२५ को बीचमा लगभग ४० हजार सिरियाली जर्मनी आए, जबकि २०२४ मा ७४ हजार ६०० थिए।
  • जर्मनी छोड्ने सिरियालीको संख्या ३५.३ प्रतिशतले बढेको छ, र चान्सलरले सिरियामा गृहयुद्ध समाप्त भएको बताए।

बर्लिन। सन् २०२५ को पहिलो नौ महिनामा सिरियाली नागरिकहरूको जर्मनीमा आप्रवासनमा गत वर्षको सोही अवधिको तुलनामा ४६.५ प्रतिशतले गिरावट आएको जर्मनीको संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले शुक्रबार जनाएको छ।

कार्यालयका अनुसार, जनवरी र सेप्टेम्बर २०२५ को बीचमा लगभग ४० सिरियालीहरू जर्मनी आइपुगेका थिए । यो सङ्ख्या सन् २०२४ को सोही अवधिमा ७४ हजार ६०० थियो।

यसैबिच, जर्मनी छोड्ने सिरियालीहरूको सङ्ख्या ३५।३ प्रतिशतले बढेको छ, यो वर्षको पहिलो नौ महिनामा २१ हजार ८०० सिरियाली आप्रवासी जर्मनीबाट स्वदेश फर्किएका छन् । 

जर्मनीमा सन् २०२४ को अन्त्यमा सुरक्षा खोज्ने सिरियालीहरू युक्रेनी शरणार्थीपछि  धेरै रहेका थिए।

यसैबिच, जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार एक विज्ञप्तिमा सिरियामा गृहयुद्ध समाप्त भएको र जर्मनीमा सिरियालीहरूलाई शरण दिने कुनै आधार नभएको बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप