आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही उद्योग सङ्घको अध्यक्षमा पराजुली निर्वाचित

शनिबार, २२ कात्तिक २०८२, १८ : १२
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • रुपन्देही उद्योग सङ्घको अध्यक्षमा कृष्णप्रसाद पराजुली निर्विरोध निर्वाचित भएका छन्।
  • ४७ औँ साधारणसभा तथा २४ औँ अधिवेशनबाट पराजुलीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भए।
  • बुटवल उपमहानगरपालिकाका प्रमुखले उद्योग व्यवसायको प्रवर्द्धनमा जोड दिए।

बुटवल । रुपन्देही उद्योग सङ्घको अध्यक्षमा कृष्णप्रसाद पराजुली निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको ४७ औँ साधारणसभा तथा २४ औँ अधिवेशनबाट अध्यक्ष पराजुलीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परेकाले उम्मेदवारी फिर्ता समयअघि नै निर्विरोध घोषणा गरिएको हो ।

निर्वाचन अधिकृत आचार्यका अनुसार निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, महासचिव सुमन बस्याल, कोषाध्यक्ष विशाल बेलवासे, सचिव अशोक कुँवर र सहकोषाध्यक्ष राजु घिमिरे रहेका छन् ।

त्यस्तै, आजीवन सदस्यमा इन्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागततर्फ तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिलकुमार कसौधन र थानेश्वर पाण्डे चयन भएका छन् । साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवर्द्धन र विकासका लागि उपमहानगरपालिका सधैँ उद्योगीहरूको साथमा रहेको बताए ।

उनले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्र बिच सहकार्य भए मात्र देश समृद्ध बन्न सक्ने उल्लेख गर्दै मोतीपुर औद्योगिक क्षेत्र समयमा निर्माण नहुनुका कारण उद्योगीहरूले भोग्नुपरेका समस्या समाधानका लागि अब दबाब दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्र पाण्डेले उद्योग व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताए। उनले सबै दिशाबाट दबाबमा परेका उद्योगी व्यवसायीप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप