विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे प्रश्न उठाएका छन्।
- उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको बताए।
- शर्माले विशेष महाधिवेशन वा नियमित महाधिवेशनबाटै माग सम्बोधन हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री शर्माले लेखेका छन्, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो ।’
महामन्त्री शर्माले विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन् । यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरीकन प्रस्ट ढङ्गले बुझ्न जरुरी रहेको उनको भनाइ छ ।
नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा नगर्ने महामन्त्री शर्माको भनाइ छ । तर विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७ (२) को स्पष्ट निर्देशन र बाध्यात्मक व्यवस्था रहेको शर्माले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण