सुनको मूल्य २ सय रुपैयाँले वृद्धि, चाँदीको ५ रुपैयाँले घट्यो
आइतबार, २३ कात्तिक २०८२, १६ : ००
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला २०० रुपैयाँले बढेको छ।
- सुनको मूल्य बढेर तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको छ।
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । पछिल्लो समय निरन्तर रूपमा सुनको मूल्यमा उतारचढाव हुँदै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रति तोला २०० रुपैयाँले बढेको हो । २०० रुपैयाँले मूल्य बढेसँगै सुनको मूल्य तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रवार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ कायम भएको छ । शुक्रवार प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण