३८ वर्षको उमेरमा बिहे, बेहुली भित्र्याएलगत्तै मृत्यु
काठमाडौँ । विवाहको उत्सव चलिरहेको घरमा अचानक शोक निम्तिनु, त्यो पनि बेहुलाकै मृत्युको शोक– दाम्पत्य जीवनमा भर्खरै प्रवेश गरेकी एक महिलाका लागि योभन्दा ठुलो दुर्भाग्य के हुन सक्ला र !
भारतको उत्तर प्रदेश राज्यको अमरोहामा यस्तै एक घटना प्रकाशमा आएको छ । ३८ वर्षीय गुड्डु उर्फ परवेज आलमले शनिबारमात्र घरमा बेहुली भित्र्याएका थिए ।
जामा मस्जिद रोडमा पुस्तकको पसल सञ्चालन गर्दै आएका परवेजका आमा–बुवा र दाजुको यसअघि नै मृत्यु भइसकेको थियो । परिवारमा परवेज र उनका भाइमात्र थिए ।
परवेजले सायमा नाम गरेकी युवतीसँग विवाह गरेका थिए । शनिबार राति १ बजे विवाहको कार्यक्रम सकेर बेहुलीसहित परवेज घर फर्किएका थिए । करिब दुई बजे राति परवेजको स्वास्थ्यमा समस्या देखियो ।
उनलाई तत्कालै अस्पताल लगिएको थियो । नजिकै रहेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जोया रोडस्थित एक निजी अस्पतालमा उनलाई राति नै लगियो । चिकित्सकहरूले उनलाई मुरादाबादको अस्पतालमा रेफर गरिदिए । यद्यपि, परवेजलाई चिकित्सकहरूले बचाउन सकेनन् ।
बिहे गरेर आफूलाई भर्खरै घरमा भित्र्याएका पतिको मृत्यु भएको खबरले नवविवाहित सायमा बेहोस भएको बताइएको छ । परवेजको मृत्यु कसरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । उनको शरीर पहेंलो भएका कारण जण्डिस रोगकै कारण मृत्यु भएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण