मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध मंगलबार पनि प्रदर्शन
सारांश
- मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन गरेका छन्।
- सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक भन्दै धर्ना दिएका हुन्।
- एमालेबाहेकका दलहरूले मुख्यमन्त्री यादवको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
धनुषा । मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका प्रदेश सांसदहरूले विरोध प्रदर्शन सुरु गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात दलका सांसदहरूले मधेस प्रदेश सभा भवनअगाडि धर्ना दिएका हुन्।
उनीहरूले प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहर गर्दै विरोध गरेका हुन्। धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा (३) विपरीत भएको दाबी गर्दै एमालेको नेतृत्वमा बनेको यो सरकारलाई ‘अवैध’ भनेका छन्। धर्नास्थलमा सांसदहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्।
यसैबिच, विरोधी दलहरूले यो मुद्दालाई कानुनी बाटोबाट पनि अगाडि बढाएका छन्। नेकपा एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री यादवको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण