अब माविका गणित शिक्षक जापानमा रमाउनेछन्
सारांश
- शिक्षक हरिस खनालले जापान जानका लागि जागिर छाडेका छन्, उनलाई विद्यार्थी र शिक्षकले बिदाई गरेका थिए।
- खनालले नेपालमा शिक्षण पेशामा भविष्य नदेखेपछि जापान जाने निर्णय लिएका हुन्, किनकि तलब र अवसर कम थिए।
- आर्थिक कठिनाइ र परिवारको जिम्मेवारीले उनलाई विदेशिन बाध्य बनायो, उनकी पत्नी पहिले नै जापान गइसकेकी थिइन्।
सुर्खेत । घाँटीभरि फूलका माला र वरिपरि विद्यार्थी अनि शिक्षकको सम्मान । सामाजिक सञ्जालमा चर्चामा रहेको एक तस्बिरमा शिक्षकले जागिर छाडेको देखाइएको छ ।
यो पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० जामुस्थित जनज्योति माध्यमिक विद्यालयका गणित शिक्षक हरिस खनालको तस्बिर हो, जहाँ रोजगारीका लागि जापान जान लागेका शिक्षकको बिदाइमा विद्यालयले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले उनलाई फूलमाला लगाएर बिदाइ गरेका थिए । तर यस सम्मान र फूलमालामा देशमा भविष्य नदेखेका शिक्षकको पीडा र बाध्यता लुकेको छ । विद्यार्थीहरू उनलाई बिदाइ गर्दा भावुक बनेका थिए ।
चौकुने गाउँपालिका–१० घाटगाउँका २८ वर्षीय हरिसले जनज्योति माध्यमिक विद्यालय जामुमा १३ महिना अध्यापन गराए । करिब ९ वर्षदेखि शिक्षण पेसामा संलग्न उनले सोचेजस्तो भविष्य नपाएपछि भविष्यको खोजीमा जापान जान लागेको बताएका छन् ।
हरिसले २०७० सालमा सरस्वती मावि चौकुनेबाट एसएलसी उत्तीर्ण गरे । आर्थिक अवस्था कमजोर भएकाले उनले पढ्दै पढाउन थालेका थिए । एसएलसी उत्तीर्णपछि उनी उच्च शिक्षा अध्ययन गर्न वीरेन्द्रनगर छिरे । तर उनका लागि त्यहाँ निकै संघर्ष थियो । उनी वीरेन्द्रनगरको जन माविमा कक्षा ११ मा भर्ना भए । त्यहीँबाट अध्यापन यात्रा सुरु भएको उनी बताउँछन् ।
कक्षा ११ कक्षा पढ्दै गर्दा उनले निजी विद्यालयमा पढाउन थालेका थिए । कारण, घरबाट खर्च पढाउन निकै धौधो थियो । वीरेन्द्रनगरको तातापानीस्थित ग्रीनल्यान्ड एकेडेमीमा ११ हजार रुपैयाँ मासिक तलबमा उनले जागिर सुरु गरे, उनले त्यहाँ करिब तीन वर्ष बिताए । त्यसपछि बुलबुलेको भेरी एकेडेमी र चिल्ड्रेन्स प्याराडाइजमा पनि गणित विषय नै अध्यापन गराए । शिक्षा क्याम्पसबाट गणित विषयमै स्नातक तह पूरा गरेका हरिसले निजी विद्यालयको जागिरबाट आफ्नो परिवारको आर्थिक अवस्था धान्न नसकिने बताउँछन् ।
‘११ हजारबाट सुरु गरेर १३–१४ हजारसम्म मात्रै तलब पुग्यो,’ हरिस भन्छन्, ‘वीरेन्द्रनगरमा कोठा भाडा तिर्नबाहेक अरू केही गर्न सकिएन ।’
नेपालको शिक्षण पेसामा उनले एक किसिमको निराशा मात्रै पाए । ‘शिक्षक आन्दोलनले पनि केही परिवर्तन गर्छ कि भन्ने आशा थियो, तर त्यो पनि व्यर्थ भयो,’ उनी भन्छन्, ‘समाजको हेर्ने दृष्टिकोण, स्थायित्वको अभाव र पारिश्रमिक कम हुँदा निकै निराश भएँ ।’
त्यसपछि उनले आफ्नै गाउँमा पढाउन पाइन्छ कि भनेर खोजे । अवसरको खोजीमा रहेका उनी गाउँकै नजिक पर्ने पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति मावि जामु पुगे । त्यहाँ उनलाई मावि तहमा गणित शिक्षकका रूपमा अध्यापन गराउने वातावरण मिल्यो । १३ महिनाअघि उनी त्यहाँ पुगेका थिए । तर, सरकारी विद्यालयमा अस्थायी रूपमा छिरेर पनि भविष्य सुरक्षित बनाउला सकिएला भन्ने उनको आशा खेर गयो ।
नेपालको शिक्षण पेसामा उनले एक किसिमको निराशा मात्रै पाए । ‘शिक्षक आन्दोलनले पनि केही परिवर्तन गर्छ कि भन्ने आशा थियो, तर त्यो पनि व्यर्थ भयो,’ उनी भन्छन्, ‘समाजको हेर्ने दृष्टिकोण, स्थायित्वको अभाव र पारिश्रमिक कम हुँदा निकै निराश भएँ ।’
मावि तहको तलबले उनलाई घरको जिम्मेवारी, बुबाआमाको हेरचाह र दैनिक जीवन धान्न गाह्रो भयो । सामान्य बिरामी पर्दा पनि उनलाई उपचार खर्च जुटाउनसमेत हम्मे–हम्मे पर्यो । जसका कारण उनले शिक्षण पेसामा भविष्य देखेनन् । ‘रहरभन्दा पनि बाध्यताले यो परिस्थिति आइलाग्यो,’ हरिस भन्छन् ।
_UYJp3QRPUU.jpg)
उनको परिवारमा चार भाइ र तीन दिदीबहिनी छन्, जसमा उनी कान्छा हुन् । उनी बुबाआमासँग बस्छन् । उनका सबै दाजुहरूले आ–आफ्नै तरिकारले घरजम गरेर बसेका छन् । कोही भारतलगायत मुलुकमा वैदेशिक रोजगारीमा छन् भने कोही यतै कतै । बुवाआमासँग भएकाले उनको काँधमा जिम्मेवारी थपियो । त्यसपछि उनी पनि बिदेसिने निर्णय गर्न बाध्य भए ।
हरिसको जापान जाने निर्णय गरे । तर उनको यो निर्णय, व्यक्तिगत मात्र होइन, परिवारसँग पनि सल्लाह गरेका छन् । उनकी पत्नी दुई वर्षअघि नै करिब १८ लाख रुपैयाँ खर्चेर जापान गइसकेकी छन्, उक्त रकम सबै ऋण हो ।
उनी डिपेन्डेन्ट भिसामार्फत जापान जान लागेका छन्, त्यहाँ गएर उनले काम गर्नेछन् । तर सहकर्मी र विद्यार्थीहरूले फूलमालाले बिदाइ गर्दा देखाएको माया सम्झिँदा भने ‘यतै बसौँ कि’ जस्तो पनि लागेको उनी बताउँछन् ।
सुरुमा नेपालमै बसेर शिक्षण पेसालाई निरन्तरता दिने र पत्नीले जापानमा अनुभव बटुल्ने सल्लाह आफूहरूले गरेको उनी बताउँछन् । उनको विवाह भएको साढे तीन वर्ष भयो । तर पछि आफूले नेपालमा शिक्षण पेसामा भविष्य नदेखेपछि जापान जाने निर्णय गर्नुपरेको बाध्यता उनी सुनाउँछन् ।
‘पहिले नजाने भन्ने योजना थियो,’ हरिस भन्छन्, ‘अहिले दुवै जना उतै बस्दा केही राम्रो हुन्छ कि भन्ने सल्लाह भएर जापान जान लागेको हो ।’
_7khPw7BpsV.jpg)
उनी डिपेन्डेन्ट भिसामार्फत जापान जान लागेका छन्, त्यहाँ गएर उनले काम गर्नेछन् । तर सहकर्मी र विद्यार्थीहरूले फूलमालाले बिदाइ गर्दा देखाएको माया सम्झिँदा भने ‘यतै बसौँ कि’ जस्तो पनि लागेको उनी बताउँछन् ।
उनलाई बिदाइ गर्दा विद्यार्थीहरू भावुक बनेका थिए । ‘तर के गर्नु ! यो नियति हो,’ उनी भन्छन्, ‘केही दिनपछि उड्दै छु, सबै तयारी भइसक्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण