पाँच वर्षपछि भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित
बुधबार, २६ कात्तिक २०८२, १४ : ५६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपालबिच पार्टी एकता भएको छ ।
बुधबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरी एकता घोषणा गरेको हो । रावललाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालले माला र खादा लगाएर पार्टीमा समाहित गरेका थिए । यसअघि प्रचण्ड र रावलबिच ७ बुँदे एकता सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
रावलसँगै सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री प्रकाश शाह समेत नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण