दोहोरो अङ्कले घट्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ । बुधबार सेयर बजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.५६ अङ्कले घटेर २५४४.५९ बिन्दुमा झरेको हो ।
बजारमा आज४९ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर छ ।
बुधबार ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चर ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, राधी विद्युत् कम्पनीको २२ करोड, साहस ऊर्जाको १४ करोड, युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुगोल इनर्जी र सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
बुधबारको कारोबारमा उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशतले बढेको छ ।
व्यापार समूह सर्वाधिक २.३५ प्रतिशत र अन्य समूह १.३३ प्रतिशत घटेका छन् । बाँकी समूहको गिरावट भने एक प्रतिशत भन्दा कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण