एभरेस्ट महिला भलिबल लिगमा पोखरा पराजित
बिहीबार, २७ कात्तिक २०८२, १७ : २१
सारांश
- एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पिकर्सले पोखरा निन्जार्सलाई पराजित गर्यो।
- काठमाडौंले खेल ३-१ सेटमा जित्यो, जसमा पहिलो र दोस्रो सेटमा राम्रो प्रदर्शन गर्यो।
- जितसँगै काठमाडौंले ३ अंक जोड्यो र फाइनल पुग्ने सम्भावना कायमै राख्यो।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सलाई काठमाडौं स्पिकर्सले पराजित गरेको छ ।
बिहीबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा काठमाडौं २५–१९ र दोस्रो सेटमा २५–१७ ले विजय भएको थियो।
तर, तेस्रो सेटमा पोखरा १२–२५ ले विजय भयो। त्यसपछि चौंथो सेटमा काठमाडौंले २५–१८ ले जित हासिल गर्यो । जित निकाल्दै काठमाडौं तीन अंक जोड्न सफल भयो । चार खेलबाट ६ अंक पुराएको काठमाडौँको फाइनल पुग्ने सम्भावना कायमै छ ।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुनः सुचारू भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण