निर्वाचन कार्यतालिकाबारे आयोग र दलहरूबिच छलफल, सुरक्षाबारे चिन्ता
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम र मतदाता नामावलीका विषयमा राजनीतिक दलसँग छलफल गरेको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक प्रणालीतर्फको निर्वाचन कार्यक्रमको मस्यौदामाथि दलहरूसँग बिहीबार कार्यालय परिसरमै छलफल गरेको हो ।
दलहरूसँगको छलफलपछि प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको कार्यतालिकालाई अन्तिम रूप दिएर राजपत्रमा प्रकाशित गर्ने आयोगको तयारी छ ।
राष्ट्रियसभाको निर्वाचन कार्यतालिकामा समेत दलहरूसँग परामर्श गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
छलफलमा मतदाता नामावली सङ्कलनदेखि अन्तिम सूची प्रकाशन गर्ने आयोगको कार्यतालिकाकाबारेमा आयोगले दलका नेताहरुलाई जानकारी गराइएको प्रवक्ता भट्टराईको भनाइ छ ।
छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले निर्वाचनको तयारीका साथै शान्ति सुरक्षालगायतका विषयमा चासो राखेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता मुक्ति प्रधानले तोकिएको समयमा निर्वाचन अनिवार्य हुनुपर्ने भन्दै निर्वाचनको वातावरण बनाउन सुझाव दिएको प्रतिक्रिया दिए ।
जसपा नेपालका नेता प्रकाश अधिकारीले अहिलेकै अवस्थामा निर्वाचन सम्पन्न गर्न चुनौती रहेको भन्दै भइरहेको तयारीका बारेमा जानकारी लिएको बताए ।
दलका प्रतिनिधिहरूको चासोबारे सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, भरपर्दो, भयरहित र निष्पक्ष निर्वाचनका सुरक्षा व्यवस्था मिलाउने बताएका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण