नेपाली कम्युनिस्ट पार्टीविरुद्ध लोकनारायण सुवेदीले दिए आयोगमा उजुरी
सारांश
- नवगठित नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
- लखनारायण सुवेदीले पार्टीको नाम र छोटकरी नाम नेकपा राखेकोमा आपत्ति जनाएका छन्।
- उजुरीमा राजनीतिक दल सम्बन्धी ऐनको उल्लंघन भएको र भ्रम सिर्जना हुने उल्लेख छ।
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा दल दर्ता गरेकोमा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले कात्तिक २६ गते उजुरी दिएका हुन् । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० वाम घटकले एकता गरी नेपाली कम्युनिस्ट पार्टी नाम राखेका थिए । उनीहरुले सोही दिन दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
तर सुवेदीले नेपाली कम्युनिस्ट पार्टी पनि संक्षिप्त नाम नेकपा नै नाम राखी आएको हुनाले यसबाट छोटकरीमा र संक्षिप्तमा उच्चारण गर्दा बोलचालको भाषामा समेत निवेदक दलसँग मिल्न जाने हुँदा सो कार्य राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ६(ख) विपरीत भएकाले अन्य दल दर्ता नगरिदिन अनुरोध गरेको छ ।
‘यस दलसँग मिल्दोजुल्दो गरी नाममा बाई मात्रा तर्कले जस्ता सामान्य कुरा राखी भ्रम सिर्जना गर्ने मनसायले स्पष्ट अलग पहिचान नखुल्ने छोटकरीमा सीपीएन अङ्ग्रेजीमा कम्युनिस्ट पार्टी अफ नेपाल नाम कायम हुने गरी अन्य दल दर्ता नगरिदिनु हुन अनुरोध गरिन्छ’, उजुरीमा भनिएको छ ।
नेपालको संविधानको २०७२ को धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३, ५ बमोजिम निर्वाचन आयोग नेपालमा द.नं. २८ मा दर्ता भएको राजनीतिक दल भएको उजुरीमा उल्लेख छ । यस नेपाल कम्युनिस्ट पार्टीको छोटकरी नाम ‘नेकपा’ र अङ्ग्रेजी भाषामा कम्युनिस्ट पार्टी अफ नेपाल र छोटकरीमा सीपीएल कायम रही निर्वाचन आयोगमा दर्ता कायम भएको उल्लेख गरेको छ ।
सुवेदीले यस्तै प्रकृतिमा विगतमा मिल्दोजुल्दो नाम राखी दल दर्ता भए पश्चात् आफ्नो दलले सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको रिट निवेदन दिई हाम्रो पार्टीसँग मिल्दोजुल्दो भएकाले उक्त दर्ता बदर भई नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) अलग अलग भएको पनि स्मरण गराएको छ । उजुरी उपर आवश्यक निर्णय गर्ने अयोग स्रोतले बताएको छ । ‘नेपाली कम्युनिस्ट पार्टी दर्ता विरुद्ध उजुरी आएको छ । यसबारे आयोगले निर्णय गर्छ’, स्रोतले भन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण