शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

शुक्रबार, २८ कात्तिक २०८२, १४ : २४
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • रास्वपा नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् र वामपन्थी पार्टीमा लाग्ने भएका छन्।
  • परियारले कार्यवाहक सभापति र महामन्त्रीलाई राजीनामा बुझाएका थिए।
  • उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए, र सुमना श्रेष्ठले पहिले नै राजीनामा दिएकी थिइन्।

काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । 

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ । 

उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए । यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् । पछिल्लो समय रास्वपामा असन्तुष्टिका स्वरहरु बढ्दै गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप