विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा १ जना पक्राउ
शुक्रबार, २८ कात्तिक २०८२, १६ : २९
सारांश
- प्रहरीले विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा 'अल्टिच्युड राइडर्स प्रालि' का सञ्चालकलाई पक्राउ गरेको छ।
- पोल्यान्डका १३ जना राइडर्सलाई मोटरसाइकल राइडको प्याकेज दिने भन्दै रकम लिएर सेवा नदिएपछि उनी पक्राउ परेका हुन्।
- पक्राउ परेका व्यक्ति सुर्खेतका हुन् र उनलाई रोल्पाबाट पक्राउ गरी अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीको साइबर ब्युरोले विदेशी पर्यटकहरूलाई लक्षित गरेर अनलाइन माध्यमबाट ठगेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘अल्टिच्युड राइडर्स प्रालि’ का संस्थापक ४० वर्षीय विशु सिञ्जाली छन् ।
पोल्यान्डका १३ जना राइडर्सको लागी मोटरसाइकल राइड अन्य सपोर्ट समेतको प्याकेज दिने भनेर उनले ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । नेपाल भ्रमण गर्ने सम्झौता भएको ७ दिनभित्र ३० प्रतिशत रकम माग गरेर भने बमोजिम सेवा नदिइकन सो कम्पनीका सञ्चालक सिञ्जाली फरार भएपछि नेपाल घुम्न आएका पोल्यान्डका नागरिकले प्रहरीमा जाहेरी दिएका थिए ।
आरोपी सिञ्जाली सुर्खेतको बराहताल गाउँपालिका–३ का स्थानीय हुन् । उनलाई कात्तिक २६ मा रोल्पाबाट पक्राउ गरेर पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण