आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

'किशोरीको डिम्ब बेचबिखन प्रकरणमा महान्यायाधिवक्ताकाे संलग्नता छैन'

शुक्रबार, २८ कात्तिक २०८२, १९ : ००
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले किशोरीको डिम्ब निकालेर बेचबिखन गरेको प्रकरणमा महान्यायाधिवक्ता सरिता भण्डारीको कुनै पनि संलग्नता नभएको भन्दै शुक्रबार विज्ञप्तिमार्फत प्रस्ट पारेकाे छ ।

आफूले निर्णय गर्न नमिल्ने भएकोले नायब महान्यायाधिवक्ताबाट मुद्दा चल्ने या नचल्ने बारे निर्णय गर्ने अधिकार दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

नायव महान्यायाधिवक्ताबाट गत असोज ३१ गते होप फर्टलिटी सेन्टरकी डा स्वस्ती शर्मासहितलाई मुद्दा नचल्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । सो निर्णयले महान्यायाधिवक्ता सविता भण्डारी विवादमा तानिएकी थिइन् ।

‘बालबालिका सम्बन्धी ऐन,२०७५ को दफा ६६ अन्तर्गत बालबालिकाविरुद्धको हिंसा र बालबालिकाविरुद्वको यौन दुर्व्यवहारसम्बन्धी कसुरभित्र उक्त विषय स्पष्ट रूपमा निषेध गरेको नदेखिएकोसमेतका आधारमा मुद्दा नचल्ने निर्णय भएको हो,’ विज्ञप्तिमा भनिएको छ,‘मुद्दाको अनुसन्धानबाट सङ्कलित तथ्य, प्रमाण र कानुनी आधारको अध्ययन नगरी समाचारमा अन्यथा प्रकाशन भएको र महान्यायाधिवक्ताको निर्णयमा कुनै भूमिका नरहेको जानकारी गराउँदछौँ ।’

image0

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप