जग्गा तथा आवास विकास सङ्घको प्रथम अधिवेशन सम्पन्न, आधुनिक सहरीकरणको अवधारणा विस्तार गर्ने लक्ष्य
सारांश
- सुनसरीको इटहरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन सम्पन्न भयो, जसमा सहरी विकासबारे छलफल भयो।
- अधिवेशनले आधुनिक सहरी अवधारणालाई व्यवहारिक रूपमा अघि बढाउने निर्णय गर्यो, जसमा निजी र सरकारी क्षेत्रको सहभागिता थियो।
- नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालमा स्मार्ट सिटी बनाउने योजना प्रस्तुत गर्यो।
सुनसरी । जग्गा तथा आवास व्यवसायीले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा विस्तार गर्ने लक्ष्य लिएका छन् । तीव्र सहरीकरणको चपेटामा पर्दै गएको सुनसरीको इटहरीमा शनिबार सम्पन्न जग्गा तथा आवास विकास सङ्घको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय भेलाले आवास, सहरी पूर्वाधार तथा योजनाबद्ध विकासको विषयमा विस्तृत छलफल गरेको हो । छलफलले आधुनिक सहरी अवधारणालाई व्यवहारिकरुपमा पालना गरेर अघि बढ्ने निर्णय लिएको छ ।
कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, जग्गा–आवास व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी नेपाल अर्बान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले नेपालको द्रुत सहरीकरण, दिगो विकास र आधुनिक सहर निर्माणका लागि आफ्नो भूमिका तथा योजना प्रस्तुत गरेको थियो । कम्पनीले ग्रिन सिटी, स्मार्ट सिटी, डिजिटल सिटी, मेगा सिटी जस्ता आधुनिक सहरी अवधारणालाई नेपालमा व्यवहारिक रूपमा विस्तार गर्दै लैजाने लक्ष्य राखेको छ । भेलामा नेपाल जग्गा तथा आवास विकास महासंघका विष्णु प्रसाद घिमिरे जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरूले नेपालको सहरी रूपान्तरणका लागि आवश्यक जग्गा, आवास, पूर्वाधार तथा व्यावसायिक विकासमा नवीन सोच र आधुनिक प्रविधिको प्रयोग गर्दै सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ ।

सहभागीहरूले योजनाबद्ध सहरीकरण, सुरक्षित आवास प्रणाली, स्वच्छ वातावरण तथा दिगो पूर्वाधार विकासमा संघले देखाएको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिए । कार्यक्रमको समापनमा सङ्घका पदाधिकारीहरूले नियमित रूपमा प्रदेशस्तरीय समन्वय, नीतिगत सुझाव तथा सहरी विकाससम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण