अमेरिकी उपराष्ट्रपतिले विदेशी कामदारलाई भने- सस्ता मजदुर
सारांश
- अमेरिकामा ए-१ बी भिसामाथिको विवाद राजनीतिक बहसको केन्द्र बनेको छ ।
- उपराष्ट्रपति जेडी भान्सले विदेशी कामदारलाई सस्तो मजदुर भन्दै अमेरिकालाई उनीहरूको आवश्यकता नभएको बताए ।
- ट्रम्प प्रशासनको कठोर नीतिले विदेशबाट अध्ययन गर्न गएका विद्यार्थीहरू प्रभावित भएका छन् ।
वासिङ्टन डीसी । अमेरिकामा ए-१ बी भिसामाथिको विवाद अब राजनीतिक बहसको विषय बनेको छ । ट्रम्पले यो भिसामा कडाइ गरिरहेका छन् ।
सोही क्रममा उपराष्ट्रपति जेडी भान्सले विदेशी कामदारहरूलाई सस्ता मजदुर भन्दै अमेरिकालाई उनीहरूको आवश्यकता नभएको बताएका छन् । भान्सले विपक्षी डेमोक्रेटिक पार्टीलाई कम ज्यालामा विदेशीहरूलाई ल्याउन आफ्नो मोडेल प्रयोग गरेको आरोप पनि लगाए ।
डेमोक्रेटको यस कदमका कारण अमेरिकामा रोजगारी र ज्यालामा प्रत्यक्ष असर परिरहेको उनको भनाइ थियो । भिसा नीतिहरूमा ट्रम्प प्रशासनको कठोर अडानले विदेशबाट त्यहाँ पढ्न गएका विद्यार्थीहरू समेत प्रभावित भइरहेका छन् ।
हालै ट्रम्पले विदेशी विद्यार्थी घटे आधा कलेज बन्द हुने बताएका थिए । ६ महिनाअघि अमेरिकी सरकारले विदेशमा नयाँ विद्यार्थी भिसा अन्तर्वार्ताहरू स्थगित गरेपछि ट्रम्पको यो भनाइ आएको हो ।
अहिले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नीतिमा व्यापक हेरफेर गरिरहेको छ, जसले गर्दा सुरक्षा मापदण्डहरू उल्लेखनीय रूपमा कडा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण