वृन्दावनका दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल चोरी
सारांश
- रौतहटको बलेरीमा चोर समूहले दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल लुटेको छ।
- चोरहरूले सुनचाँदीका गहना, नगद र महत्त्वपूर्ण कागजातहरू चोरी गरी फरार भएका छन्।
- स्थानीय बासिन्दाले सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन्, प्रहरीले अनुसन्धान सुरु गरेको छ।
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार मध्यराति चोर समूहले एकै रात दुई घरमा सुरुङ खनेर प्रवेश गरी झण्डै १२ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको छ ।
वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामा सुरुङ खनेर भित्र पसेका थिए । उनीहरूले ७ लाख मूल्यका सुनचाँदीका गरगहना, ८० हजार नगद, र विभिन्न महत्त्वपूर्ण कागजात चोरी गरेका छन् ।
सोही क्रममा चोर समूहले छिमेकी दुखा राउत कुर्मीको घर पनि लक्षित गर्दै सुरुङ बाटै प्रवेश गरेको थियो । त्यहाँबाट ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजातसमेत लिएर फरार भएको सहनीले बताए ।
पीडित चौधरीका अनुसार घटना घट्दा दुवै घरका सदस्यहरू गहिरो निद्रामा थिए । चोरहरूले घरमा रहेको लत्ता–कपडा समेत खेततर्फ लगेर फालेको उनले जानकारी दिए ।
घटनाले स्थानीय बलेरीवासी निकै असुरक्षित महसुस गरिरहेको बताउँदै तत्काल सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडामा घटना बारे सूचना पुगेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण