खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- उनीहरूले बोलपत्रको सूचना लुकाएर मिलेमतोमा ठेक्का लगाएको आरोप लागेको छ, जसमा ३ लाख १६ हजार ५७० बिगो मागदाबी गरिएको छ।
- आयोगका अनुसार, आर्थिक वर्ष २०७९/०८० मा विभिन्न निर्माण कार्यका लागि बोलपत्र आह्वान गर्दा अनियमितता भएको थियो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नम्बर ४ कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध जनहरी ३ लाख १६ हजार ५७० बिगो मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आयोले भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोलपत्रको सूचना सार्वजनिक नगरी मिलेमतोमा ठेक्का लगाई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७९/०८० मा बारा जिल्लाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार भएको पाइएको हो ।
निमित्त डिभिजन प्रमुख यादव र लेखापाल प्रदिप दासले सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलसँग मिलेमतोमा सूचना लुकाइ छिपाइ, सार्वजनिक नगरीकनै ठेक्काको अभिलेखमा राख्नका लागि प्रभाव दैनिक पत्रिकाको एक प्रति मात्र प्रकाशित गरेको आयोगको आरोप छ ।
उक्त कार्यबाट आफूहरूलाई गैरकानूनी लाभ तथा कार्यालयलाई हानि पुर्याउने बदनियत देखिएको आयोगको भनाइ छ । झुट्टा बिल भर्पाइका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई ३,१६,५७० भुक्तानी भएको र उक्त रकममध्ये ५० हजार रुपैयाँ प्रभाव दैनिक प्रालिका बजार प्रबन्धक खरेलले लिएको अनुसन्धानबाट खुलेको छ। प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रालिको पत्रले २०७९ फागुन २१ गतेको प्रभाव दैनिकको कुनै पनि पृष्ठमा उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पुष्टि भएको छ ।
यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसार कसुर भएकोले प्रतिवादीहरूलाई कैद, बिगो बमोजिम जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण