प्रेम सुवालले भने– मुलुकले निर्वाचनबाटै निकास पाउँछ
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सोमबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरूले दल दर्ताका लागि निवेदन पेस गरेका हुन् ।
त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीहरूमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आफूले पनि निर्वाचन आयोगमा निवेदन दिएको बताए । उनले तत्कालका लागि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको समेत बताए । तत्काललाई निर्वाचनमार्फत नै मुलुकलाई निकास दिन उपयुक्त हुने नेता सुवालको निष्कर्ष थियो ।
उनले भने, ‘निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको हुनाले त्यसका लागि हामी हामी आएका हौ । यो प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनको प्रयोजनको लागि हो । अहिले तत्काललाई निर्वाचनबाटै निकास आउँछ । जनताको अभिमत लिएर जानु नै उपयुक्त हुन्छ । अरू उपाय छैन तत्काललाई ।’
नेता सुवालले वर्तमान सरकार निर्वाचन गराउने प्रयोजनका लागि बनेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण