पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्छ : डा. शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले पुसभित्रै नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्नुपर्ने बताए।
- उनले पुस मसान्तभित्र महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने र यसमा केन्द्रीय समितिको सर्वसम्मत निर्णय आवश्यक रहेको बताए।
- कोइरालाले पार्टी विभाजन रोक्न हस्ताक्षर सनाखत नगर्नुपर्ने धारणा राखे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफू निकटका युवा कार्यकर्ताहरूसँग डा. कोइरालाले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका भेटमा सहभागी भुवन भट्टले जानकारी दिए ।
‘मैले पहिलेदेखि नै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्यो भन्दै आएको छु । अहिले नियमित अधिवेशन कसैले वैशाखमा भनिरहेका छन् । मेरो कुरा मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौँ भन्ने छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भट्टले भने ।
यदि पुस मसान्तभित्र १५ औँ महाधिवेशन हुन सकेन भने केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने कोइरालाले बताए ।
विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गर्दा पार्टी फुट्न सक्ने भन्दै डा.कोइरालाले केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर जाँदा उपयुक्त हुने बताए ।
‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णय गर्ने,’ कोइरालाले भने, ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ।’
आफू पार्टी विभाजनको पक्षमा नरहेकाले पार्टी केन्द्रीय कार्यालयमा बुझाइएका हस्ताक्षरको सनाखत गर्न हुन्न भन्ने पक्षमा आफू रहेको कोइरालाले बताएका थिए ।
कांग्रेसमा सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्नेमा विवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण