नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले दिए शुभकामना
सारांश
- नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले समर्थन जनाएका छन्।
- पार्टी निर्माणपछि नेता झलनाथ खनालले विश्वभरका कम्युनिस्ट पार्टीलाई जानकारी गराएका थिए।
- विभिन्न पार्टीहरूले नेपाली कम्युनिस्ट पार्टीको एकतालाई ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन्।
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई २५ देशका कम्युनिस्ट पार्टीले समर्थन गर्दै शुभकामना दिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वामपन्थी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी स्थापना भएपछि विभिन्न देशका कम्युनिस्ट पार्टीबाट शुभकामना आउन थालेको हो ।
पार्टी निर्माणपछि वरिष्ठ नेता झलनाथ खनालले विश्वभरिका कम्युनिस्ट पार्टीलाई जानकारी गराएका थिए । खनालका अनुसार नेपालमा भएको एकताले विश्वभरका वामपन्थी शक्तिलाई नयाँ उत्साह र प्रेरणा दिएको छ। जानकारीपछि विश्वका २५ वटा देशका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूले नेपाली कम्युनिस्ट पार्टीलाई शुभकामना सन्देश पठाई ऐतिहासिक एकतालाई उच्च मूल्याङ्कन गरेको उनको भनाइ छ ।
खनालले भने, ‘हाम्रो एकताले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय वाम आन्दोलनलाई पनि सशक्त सन्देश दिएको छ। यो सहकार्य अब विश्वव्यापी रूपमा अझ मजबुत हुँदै जानेछ।’
विश्वका विभिन्न पार्टीहरूले पठाएका सन्देशमा नेपाली कम्युनिस्ट पार्टीको पहललाई स्थिर, जनमुखी र प्रगतिशील राजनीति निर्माणतर्फको ऐतिहासिक कदमका रूपमा व्याख्या गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण