बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

हिमालयन इनर्जीको शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ०४
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौँ । सिटिजन्स क्यापिटल हिमालयन इनर्जीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक बनेको छ ।

मंगलबार हिमालयनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

हिमालयन इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘कालिञ्चोक जलविद्युत आयोजना’  दोलखा जिल्ला कालिञ्चोक–१ थामी गाउँ अवस्थित रहेको छ र सो आयोजना ३ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।   

२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोडको २० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ ।

हिमालयनले कालिञ्चोक बाहेक पनि सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति लिएको छ । 

कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रको दिगो विस्तारमा सक्रिय र रणनीतिक भूमिका खेल्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्‍याउने तथा परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप