मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एआईलाई लिएर सुन्दर पिचाईले दिए यस्तो चेतावनी

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ३७
मङ्गलबार, ०२ मङ्सिर २०८२

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलको माउ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई लिएर चेतावनी दिएका छन् ।

एआईमाथि ‘अन्धो भएर’ विश्वास गर्न नहुने उनको भनाइ छ । एआई मोडेलहरू गल्ती गर्ने प्रवृत्तिका हुन्छन्, त्यसैले मानिसहरूले तिनीहरूलाई अन्य उपकरणहरूसँग संयोजन गरेर मात्रै प्रयोग गर्नुपर्छ भनेर बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा सुन्दर पिचाईले भनेका छन् ।

पिचाईले भने, ‘यसले मात्रै यो जरुरतलाई देखाएको छ कि सूचनाको इकोसिष्टम विविध र समृद्ध होस्, ताकि मानिसहरू एआई प्रविधिमा मात्र निर्भर नरहुन् ।’

सुन्दर पिचाईले लगानीमा एआई बूमबारे पनि चेतावनी दिएका छन् । सिलिकन भ्याली र अन्य ठाउँमा एआई ‘बबल’ (एआई कम्पनीको शेयरको मूल्य बढेर आकासिएको अवस्था) त बनिरहेको छैन भन्ने आशङ्का व्यक्त भइरहेको समयमा पिचाईको यो अभिव्यक्ति आएको हो ।

हालैका महिनाहरूमा एआई टेक कम्पनीहरूको मूल्य द्रुत रूपमा बढेको छ । धेरै कम्पनीहरूले यस उद्योगमा ठुलो लगानी गरिरहेका छन् । 

एआई बबल फुट्दा गुगललाई असर पर्छ कि भनेर सोधिएको प्रश्नमा कम्पनीले यस्तो सम्भावित अवस्थाको सामना गर्न सक्छ भनेर पिचाईले भनेका थिए ।

‘मलाई लाग्दैन कुनै पनि कम्पनी यसबाट पूर्ण रूपमा सुरक्षित हुनेछ, हामी पनि होइन ।’ तर उनले चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप