युएईले रोकेको भिजिट तथा श्रम भिसालगायतको विषयमा नेपाली राजदूतले गरे छलफल
काठमाडौँ । युएईले रोकेको भिजिट तथा श्रम भिसालगायतको विषयमा त्यहाँका नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आज युएईको परराष्ट्र मन्त्रालयमा कन्सुलर मामिला हेर्ने कार्यवाहक सहसचिव राशिद मदहरसँग भेटवार्ता गरेका छन् ।
युएईस्थित परराष्ट्र मन्त्रालयमै मंगलबार भएको भेटमा दुवै देशबिच श्रम सहकार्य, कन्सुलर सेवामा देखिएका चुनौती, कामदारले भोग्नुपर्ने झन्झट, कागजी प्रक्रिया र सेवा प्रवाहलाई अझ सुव्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
साथै हाल युएईमा रोजगारी तथा भ्रमणका लागि आउने नेपालीका लागि भिसा प्रक्रिया अझ सहज र छरितो बनाउन सकिने उपायबारे पनि सकारात्मक कुराकानी भएको दूतावासले जनाएको छ ।
सो भेटमा युएई परराष्ट्र मन्त्रालयका विदेशी नागरिक शाखाका निर्देशक डा. माजिद अल मान्सुरी तथा नेपाली दूतावासकी काउन्सेलर तथा उपनियोग प्रमुख रन्जिता दाहाल पनि उपस्थित थिए ।
नेपाली दूतावासले भेटवार्ताले दुवै मुलुकबिचको आपसी समन्वय बलियो बनाउने र युएईमा रहेका नेपाली कामदार तथा नागरिकका हित संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण