पारोबाट रित्तै आएको भुटान एयरको जहाज ९ यात्रु लिएर उड्यो
पोखरा । पोखरा र भुटानको पारोसम्म सीधा हवाइ उडानले जोडिएको छ । मंगलबार भुटान एयरको पोखरा–पारो पहिलो सिधा उडान सुरु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानबाट पहिलो औपचारिक उडान सुरु भएको हो ।
भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट रित्तै आएको विमानले पोखराबाट ९ जना पाहुना लिएर पारोमा अवतरण गरेको हो । पोखराका मेयर धनराज आचार्यका अनुसार पूर्व निर्धारित यात्रुहरू विशेष कारणले सहभागी हुन सकेनन् ।
भुटान एयरलाइन्स र युनिभर्सल टुर्स एण्ड ट्राभलले नियमित चार्टर उडान गर्ने प्रतिबद्धता यसअघि नै गरेको थियो । ‘आज पोखराबाट पारोका लागि पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको छ र हामी निकट भविष्यमै नियमित सिधा उडान सञ्चालन हुने अपेक्षा राखेका छौँ,’ उनले भने, ‘महानगरको तर्फबाट धेरै धन्यवाद ज्ञापन गर्दछौँ ।’
अक्टोबरबाट सुरु हुने भनिएको पूर्वनिर्धारित उडान नेपालमा भएको जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने एयरलाइन्सले जनाएको मेयर आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण