सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

व्यक्ति होइन पार्टी बलियो बनाऔँ : कांग्रेस नेता काफ्ले

बुधबार, ०३ मङ्सिर २०८२, ०८ : ००
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • कांग्रेस नेता कुन्दन काफ्लेले पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै नक्कली क्रान्तिकारीको आलोचना गरे।
  • उनले पार्टीलाई स्वार्थसिद्धिको साधन बनाउन खोज्ने र पदको दुरुपयोग गर्ने नेताहरूको विरोध गरे।
  • काफ्लेले पार्टीको वर्तमान अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै गैरजिम्मेवार भूमिका निर्वाह गर्ने नेताहरूको आलोचना गरे।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन काफ्ले व्यक्ति नभई पार्टी बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी दुब्लाउने तर आफू मोटाउने अभियान नै सञ्चालन गरेका नक्कली तर आकर्षक देखिने क्रान्तिकारीले पार्टीको सिद्धान्त, मूल्य र मान्यतामा ठाडो प्रहार गरिरहेको उनको आरोप छ ।  यसप्रति चनाखो हुन पनि उनले शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । 

उनले भनेका छन्– 'नेपाली कांग्रेस जस्तो नेपालको एक जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी निर्माणका क्रममा थुप्रै मानिसले सहादत प्राप्त गरेका छन् । लाखौँ मानिसको पवित्र भावना, रगत र पसिनाले सिँचिएको यो पार्टीलाई विभिन्न कालखण्डमा केही देखावटी काँग्रेसले आफ्नो बपौती भने पक्कै बनाउन कोसिस गरेका हुन् । त्यसलाई चिर्दै यहाँसम्म आइपुग्दा आजका दिनमा पनि नक्कली क्रान्तिकारीको खोल ओढेर सज्जन कांग्रेसी जनालाई झुक्क्याउने दाउमा कोही लागेको हो भने  हामीले त्यस्तो महत्त्वाकाङ्क्षा पूरा गर्न  दिनुहुँदैन ।'

पार्टीको जिम्मेवार र जबाफदेही ओहदामा बसेर पार्टी निर्माणको गहनतम जिम्मेवारी वहन गर्नुपर्नेमा राजनीतिक शक्तिको भरपुर प्रयोग गर्दै भागबन्डामा रमाएको आरोप उनले नेताहरूलाई लगाएका छन् । 

उनले भने– 'यति ठुलो इतिहास र बलिदानबाट बनेको एउटा निश्चित उद्देश्यका साथ प्रतिष्ठित नेपाली काँग्रेस पार्टीलाई जम्माजम्मी आफ्नो स्वार्थ सिद्धिको साधन बनाउन खोज्ने र आफूलाई निकै अब्बल हुँ भन्दै निजी व्यक्तित्व बनाउने लोभमा पार्टीको सम्पूर्ण व्यक्तित्वको चीरहरण गर्ने कामको हामी बिना सर्त विरोध गर्दछौँ ।'

नेपाली कांग्रेसको सन्दर्भमा हाल पार्टीको जिम्मेवार पदमा रहेका तर घोर गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेका केही व्यक्तिको शक्ति हत्याउने उग्र आकांक्षाले सिङ्गो पार्टीलाई कमजोर बनाएको उनको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप