नुहाउने क्रममा बेपत्ता व्यक्तिको शव फेला
सारांश
- सशस्त्र प्रहरीले सुनसरी खोलामा बेपत्ता भएका देवेन्द्र भट्टराईको शव फेला पारेको छ।
- भट्टराईसँगै नुहाउन गएका रोहित काफ्लेलाई भने सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ।
- घटना सुनसरीको रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा भएको हो।
काठमाडौँ । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा बेपत्ता भएका मोरङ सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षीय देवेन्द्र भट्टराईको शव फेला परेको छ ।
सशस्त्र प्रहरीले आज उनको शव फेला पारेको हो । उनीसँगै नुहाउन गएका सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१३ बस्ने ५४ वर्षीय रोहित काफ्लेलाई भने उद्धार गरी उपचारको लागि साई अस्पताल पठाइएको छ ।
उनीहरूसँगै नुहाउन गएका ५८ वर्षीय भीमराज काफ्ले नुहाएर फर्कँदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुबेको जानकारी गराएका थिए । सो लगत्तै मन्दिर सुरक्षार्थ खटिएको सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल नेपाल नं। ४ गण सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीले रोहित काफ्लेलाई जीवितै उद्धार गरेको थियो ।
भट्टराईको शव घटनास्थल भन्दा करिब ५० मिटर तल फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण