तनहुँमा बोलेरो जिप दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते
सारांश
- तनहुँको आँबुखैरेनीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन्, घाइतेहरूको उपचार भइरहेको छ।
- छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बोलेरो जिप सडक छेउमा पल्टिएको थियो।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उक्त दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बोलेरो जिप सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । से१च ६५१ नम्बरको बोलेरो गाडीमा सवार ११ जनामध्ये पाँच जना सकुशल रहेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए ।
अन्य घाइते हुनेमा चितवन इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही स्थान निवासी २६ वर्षीय जीतबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ र कालिका नगरपालिका–८ निवासी वर्षीया ३४ की सरस्वती गुरुङ घाइते भएका छन् । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण