सभामुख र मुख्यमन्त्री चयनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै
सारांश
- मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख चयनबारे छलफल सुरु भएको छ।
- सर्वदलीय बैठकमा नयाँ सभामुख चयन र मुख्यमन्त्रीको विषयमा छलफल हुनेछ, जसपाका प्रमुख सचेतक रामअशिष यादवले बताए।
- लोसपाले मुख्यमन्त्रीमा दाबी गर्दै जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्नेमा विश्वस्त रहेको जनाएको छ।
जनकपुरधाम । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएलगत्तै नयाँ नेतृत्व चयनको विषयमा छलफल तीव्र भएको छ । बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक रामअशिष यादवका अनुसार नयाँ सभामुख चयन र मुख्यमन्त्रीको एजेन्डा बैठकका प्रमुख विषय रहनेछन् । सात दलीय गठबन्धनभित्र सभामुखका लागि कसले दाबी गर्ने तथा मुख्यमन्त्री लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी) बाटै रहने वा अन्य दलले दाबी गर्ने भन्ने बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।
यादवले भने– ‘आज बस्ने सर्वदलीय बैठक छलफलमा मात्र केन्द्रित रहनेछ । सभामुख चयनका बारेमा केन्द्रबाट आउने निर्देशनले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’ उनका अनुसार आज निर्णयभन्दा पनि एजेन्डा तयारी र दलहरूबिचको मत मिलानमा बैठक केन्द्रित हुनेछ ।
लोसपाले मुख्यमन्त्री आफूले पाउनेमा विश्वस्त रहेको जनाउँदै आएको छ । लोसपा संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्नेमा आफूहरू विश्वस्त रहेको बताए ।
उनले भने- ‘ यो विषयमा सात दलीय गठबन्धन एक ढिक्का रहेको र मुख्यमन्त्री लोसपाबाटै बन्नेमा कुनै दुईमत छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण