विवाहपञ्चमीको पहिलो दिन आज नगर दर्शन
जनकपुरधाम । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको पहिलो दिन आज नगर दर्शन रहेको छ । नगर दर्शन कार्यक्रममा भगवान् राम र भगवती जानकीको प्रतिरुप बनाएर बाजागाजासहित भव्य रूपमा जनकपुर उपमहानगर नगर भ्रमण गराइन्छ ।
दोस्रो दिन अर्थात् भोलि ५ गते फूलबारी लीला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मटकोर, छैठौँ दिन स्वयंवर तथा शुभविवाह र सातौँ दिन राम कलेवा हुनेछ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले विवाहपञ्चमीको ७ दिने कार्यक्रम अवधिभर आन्दोलनलगायतका कार्यक्रम नगर्न राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
मधेसमा रहेको राजनीतिक खिचातानीप्रति इंगित गर्दै महोत्सवलाई प्रभावित हुने कुनै पनि किसिमको कार्य नगर्न उनले आग्रह गरेका छन् । उनले भने, ‘विवाहपञ्चमीलाई भव्य बनाउन जानकी मन्दिरले आफ्नो स्तरबाट गर्न सक्ने काम गरिरहेको छ, मन्दिरले अन्य निकायबाट पहिला पनि पाएको छैन, पाउने अपेक्षा पनि छैन ।'
प्रत्येक वर्षको मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरधाममा त्रेता युगको झल्को दिने गरी विवाहपञ्चमी महोत्सव हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण