बालाचतुर्दशीपछि सुरु भयो पशुपति क्षेत्र सफाइ
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ४४
सारांश
- बालाचतुर्दशीपछि पशुपति क्षेत्रमा सफाइ सुरु गरियो।
- भक्तजनले शतबीज छरेपछि जम्मा भएको फोहर बुधबारदेखि सफाइ सुरु भयो।
- सफाइमा नेपाली सेना, प्रहरी, स्थानीयवासी र भक्तजनको सहभागिता रह्यो।
काठमाडौँ । बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ ।
बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए ।
शतबीजलगायत वर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु गरियो, पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन् ।
पशुपति क्षेत्रको मुख्य मन्दिर क्षेत्रदेखि सुरु गरिएको सफाइ अन्य स्थानमा पनि गरिने उनले सुनाइन् । केही दिनमै पशुपति क्षेत्रका सबै ठाउँमा गरिने कोषले जनाएको छ । पशुपति क्षेत्रको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, भक्तजनलगायत सहभागी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण