शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतद्वारा नेपाललाई ७० मिटर लामो मोड्युलर पुल हस्तान्तरण

विपद्पछिको कनेक्टिभिटी सुदृढ पार्ने प्रयास
बिहीबार, ०४ मङ्सिर २०८२, १८ : ०७
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • भारत सरकारले नेपाललाई ७० मिटर लामो मोड्युलर पुल र उपकरणहरू अनुदानमा दिएको छ।
  • यो पुल रामेछापमा जडान गरिनेछ, जहाँ २०२५ अक्टोबरमा वर्षाले सडक सञ्जाल बिगारेको थियो।
  • भारतले यसअघि पनि बाढीपहिरो प्रभावित क्षेत्रमा पुल उपलब्ध गराएको थियो, र आगामी दिनमा पनि सहयोग गर्नेछ।

हेटौँडा । नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्दै, भारत सरकारले नेपाल सरकारलाई ७० मिटर लामो मोड्युलर पुलको पूर्ण सेट तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू अनुदानस्वरुप हस्तान्तरण गरेको छ । 

२०८२ मंसिर ४ गते हेटौँडामा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूतले नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे।

पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरको विनाशकारी वर्षापछि सडक कनेक्टिभिटी सुचारु गर्न नेपाल सरकारले गरेको अनुरोध अनुसार भारत सरकारले कुल दशवटा यस्ता ७०–मिटर लामा र अग्ला स्प्यान पुलहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। नेरु। ७३ करोडभन्दा बढी मूल्यका यी दशवटा बेलिब्रिजहरू भारतले अनुदानको आधारमा उपलब्ध गराउँदै छ ।

आज हस्तान्तरण गरिएको यो मोड्युलर पुललाई तत्कालै रामेछापमा जडानका लागि पठाइनेछ, जहाँ सन् २०२५ अक्टोबरमा भएको भारी वर्षाका कारण सडक सञ्जाल प्रभावित भएको थियो।

स्मरण रहोस्, गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि पनि भारत सरकारले ४१ करोड रुपैयाँ बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरू उपलब्ध गराएको थियो, जसमध्ये ४ वटा पुलहरू जडान भइसकेका छन् ।

कार्यक्रममा बोल्दै भारतीय राजदूतले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरूको आपूर्तिले भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धलाई थप बलियो बनाएको र नेपालको पूर्वाधार विकास तथा विपद्पछिको पुनर्निर्माण प्रयासहरूमा हरसम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताए ।

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारतको निरन्तर र महत्त्वपूर्ण सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले छिटो जडान गर्न सकिने यस्ता पुलहरू तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरूको उपलब्धता आपतकालीन पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउनका लागि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे ।

मन्त्रीले उक्त पुल छिट्टै सञ्चालनमा ल्याउने आश्वासन पनि दिए ।

पुनर्निर्माण तथा विपद् न्यूनीकरण प्रयासहरूमा भारत सरकार नेपाल सरकार र नेपाली जनतालाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धतामा अडिग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप