सिमरामा आन्दोलन बिथोल्ने एमालेका नेता तथा कार्यकता खोजिरहेका छौँ – प्रहरी
बारा । जेनजीहरूको शान्तिपूर्ण विरोध कार्यक्रममा आक्रमण गर्ने एमालेका नेता कार्यकर्तालाई प्रहरीले खोजी सुरु गरेको छ ।
बुधबार भएको घटनापछि आज एमालेका दुई वडाध्यक्षलाई प्रहरीले प्रकाउ गरेको छ भने बाँकीको खोजी भइरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय पण्डितले एमाले वडाध्यक्ष धनबहादुर श्रेष्ठ (२), कैयमुदिन अन्सारी (६) प्रकाउ परेपनि बाँकीको खोजी भइरहेको बताएका छन् । ‘जाहेरी परेका बाँकी ६ जनालाई पनि हामीले खोजी गरिरहेका छौँ,’ प्रवक्ता पण्डितले भने ।
जेनजी युवाहरूले एमाले नेता हिरा बस्नेत, त्रिलोक ठकुरी, ईश्वर थपलिया, गोविन्द लामा, धनबहादुर श्रेष्ठ, कैयमुदिन अन्सारीलगायत विरुद्ध बुधवार जिल्ला प्रहरी कार्यालय कलैयामा जाहेरी दिएका थिए ।
जसमध्ये प्रहरीले श्रेष्ठ र अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण