सिमरा झडपमा किटानी जाहेरी परेका साह पक्राउ
बारा । गत बुधबार जितपुरसिमरा उपमहानगरपालिका–२ को सिमराचोकमा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच भएको झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साह रहेका बाराका एसपी सन्तोष तामाङले जानकारी दिए । साहलाई बिहीबार राति ८ बजे पक्राउ गरिएको हो ।
यी तिनै व्यक्ति हुन् । जसलाई पक्राउ गर्नुपर्ने भन्दै देशभरका जेनजी युवाहरूले सामाजिक सञ्जालमा फोटो राखेर भाइरल बनाएका थिए । उनी एमालेका कार्यकर्ता रहेको खुलेको छ । साह यसअघि नेकपा एसमा आबद्ध थिए । उनीमाथि पटक–पटक पक्राउ पुर्जी जारी हुने गरेको थियो भने आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका थिए ।
यससँगै सिमरा झडप प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ । यसअघि प्रहरीले एमालेबाट निर्वाचित जीतपुर सिमरा उपमहानगरका वडा नम्बर ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अन्सारीलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेका वडाध्यक्षहरूविरुद्ध अदालतबाट सात दिनको म्याद थप भएको छ । आज पक्राउ परेका साहलाई भोलि अदालतमा म्याद थपका लागि पेस गरिने एसपी तामाङले बताए ।
झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा जेनजी अगुवा सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । यस घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
यसैबिच, बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादव सिमरा पुगेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।
स्मरण रहोस्, बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त बनेको थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरी मुलगेट तोडफोड गरेका थिए ।
यस आन्दोलनका कारण बुधबार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएका थिए । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज उडानको व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण