अब खुलामञ्च सधैँका लागि खुला (तस्बिरहरू)
सारांश
- काठमाडौँको खुलामञ्चमा प्राकृतिक दुबो रोपिएको छ र वरिपरि पैदल मार्ग बनाइएको छ।
- महानगरपालिकाले खेलकुद पूर्वाधार सुधार कार्यक्रमअन्तर्गत करिब ९० लाख रुपैयाँ खर्च गरेको छ।
- खुलामञ्च बिहान शारीरिक अभ्यास, खेलकुद र आराम गर्ने सार्वजनिक स्थलको रूपमा विकास हुँदैछ।
काठमाडौँ । खुलामञ्चमा अहिले प्राकृतिक दुबोसहित घाँसे चौर छ, वरिपरि खुला पैदल मार्ग । चौरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चौर लोभलाग्दो बनेको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चौरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।
_SgLvCptRm4.jpg)
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुलामञ्चको चौरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको छ ।
चौरको वरिपरि चार मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरू ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको छ ।
_E0Gy6NpU8L.jpg)
पैदल मार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन् । यी पोलहरू न्युरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरूमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिनेछ । यी बत्तीहरू डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन्, दिनमा आफैँ निभ्छन् ।
_Wq4dPmBhyw.jpg)
खुलामञ्च सबैका लागि खुला रहने, बहुउपयोगी स्थानका रूपमा प्रयोग हुनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । बालबालिकाहरूका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरूका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरूलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ ।
चौरबाट पश्चिम तर्फको मुख्यद्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिबल, ब्याडमिन्टनजस्ता खेल खेल्न सकिन्छ ।
_YiV2eN2LR0.jpg)
पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग ०८१ वैशाख १० गते नीतिगत सहमतिपत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो । त्यही सम्झौताका आधारमा ०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले काम थालेको थियो । यो काम सकिएपछि चौरमा पानी नजम्ने र सतहको पानी पुनर्भरण हुने भएको छ ।
_0S0hlJiFYH.jpg)
यसका लागि चौरका ६ ठाउँमा ४ फिट ब्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरू बनाइएका छन् । ग्रेडिङ र लेभलिङपछि दैनिक ५० जनशक्ति परिचालन गरेर करिब तीन महिना मैदानका ढुंगा टिप्न लगाइएको थियो ।
_jS2NbAv8nx.jpg)
खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।
_6ISraVEQe9.jpg)
काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुलामञ्च प्रयोग भएको थियो । मञ्च र रत्नपार्कको बिच खण्डमा कालोपत्र गरेर बसपार्क सञ्चालन भएको थियो ।
_G5LijXZRku.jpg)
२०७२ सालको भूकम्पपछि क्षति भएको वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माण कार्यका लागि पनि यो ठाउँ प्रयोग भएको थियो । यस बेला निर्माण सामग्री सञ्चालन राख्ने, विद्यालय सञ्चालन गर्ने र श्रमिकहरूका लागि बासस्थान यही ठाउँमा बनाइएको थियो ।
_FYJ6RrOmIB.jpg)
_ISILeJzTJH.jpg)
_RD9DJZCGP1.jpg)
_FmUxUvUkrw.jpg)
_ZGh07BJDcr.jpg)
_XJS7g4DoOo.jpg)
_AZ4NIkWuxJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण