वार्ताका लागि जेनजी प्रतिनिधिको प्रतीक्षामा बारा प्रशासन कार्यालय
सारांश
- बाराको सिमरा र आसपासका क्षेत्रमा बुधबारदेखि सुरु भएको तनावपूर्ण अवस्था अन्त्यका लागि प्रशासनले वार्ताको आह्वान गरेको छ।
- बुधबार र बिहीबारको तुलनामा शुक्रबार सिमराको अवस्था शान्त रहे पनि वार्ता हुन सकेको छैन।
- जिल्ला प्रशासन कार्यालयले वार्ताका लागि बोलाए पनि अहिलेसम्म कोही पनि छलफलमा आएका छैनन्।
काठमाडौँ । बाराको सिमरा र आसपासका क्षेत्रमा बुधबारदेखि सुरु भएको तनावपूर्ण अवस्था अन्त्यका लागि जिल्ला प्रशासन कार्यालय बाराले सम्बन्धित पक्षलाई वार्ताका लागि आह्वान गरे पनि अहिलेसम्म छलफल सुरु हुन सकेको छैन ।
बुधबार र बिहीबारको तुलनामा शुक्रबार अहिलेसम्म सिमराको अवस्था शान्त रहे पनि प्रशासन कार्यालयले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालालाई वार्तामा राखेर निकास खोज्ने प्रयत्न गरेको हो ।
यद्यपि शुक्रबार बिहान १०ः१५ बजेसम्म वार्ताका लागि कोही पनि आउने सूचना प्राप्त नभएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले रातोपाटीलाई बताए ।
बुधबार काठमाडौँबाट एमाले नेताहरू बारा आउने भएपछि जेनजी समूह विरोध प्रदर्शनमा उत्रिएको थियो । बिहीबार पनि जेनजी समूहले सिमरामा विरोध प्रदर्शन गर्यो ।
सडकमा उत्रिएका जेनजी समूहका प्रतिनिधिलाई समस्या समाधानको उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाराले वार्ताका लागि आह्वान गरेको हो ।
बिहीबार पनि आफूहरू वार्ताका लागि प्रयत्नशील रहेको जानकारी दिँदै सहायक प्रजिअ भट्टराईले भने, ‘दिनभरि वार्ताका लागि कोही पनि आउनु भएन । आज आउनु हुन्छ कि, हेरौँ ।’
वार्ताका लागि आउने टोलीलाई आफूहरूले गाडीसहित सुरक्षित ल्याउने र पुर्याइदिने भनेर विश्वास दिलाए पनि कसैले चासो नदेखाएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण