पाकिस्तानमा रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु
शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : २५
सारांश
- पाकिस्तानको फैसलावादमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भयो।
- विस्फोटका कारण कारखानामा आगो लागेको र नजिकैका घरहरूमा क्षति पुगेको छ।
- घाइतेहरूको उपचार भइरहेको छ र घटनाको छानबिन सुरु भएको छ।
इस्लामवाद । पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरमा एउटा रासायनिक कारखानामा ठुलो दुर्घटना भएको छ । नोभेम्बर २१ मा सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विस्फोट बिहान सबेरै भएको थियो । विस्फोटका कारण कारखानामा आगो लागेको र भत्किएको बताइएको छ । विस्फोटले नजिकैका केही घरहरूलाई पनि क्षति पुर्याएको छ ।
मृतकमध्ये अधिकांश कारखानामा काम गर्ने कामदार छन् । सुरुमा मृत्यु हुनेको सङ्ख्या ४ देखि १० जनाको बिचमा रहेको बताइएको थियो । तर अब यो बढेर १५ जनामा पुगेको छ ।
कयौँ कामदार गम्भीर घाइते भएकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ । घाइते १० जनाको अस्पतालमा उपचारका लागि लगिएको र यीमध्ये ३ जनालाई प्राथमिक उपचार पछि डिस्चार्ज गरिएको बताइएको छ ।
घटनाबारे छानबिन सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण