बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोहर व्यवस्थापन स्थल सार्न उपमहानगरलाई नागरिक समाजको अल्टिमेटम

शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : ३३
शुक्रबार, ०५ मङ्सिर २०८२

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले वडा नं. १ को सीता चौक हुँदै वडा नं. १६ र १९ क्षेत्रसम्म दैनिक गरिरहेको फोहर व्यवस्थापन कार्यले स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणमा गम्भीर असर परेको भन्दै जनकपुरधामको नागरिक समाजले उपमहानगरपालिकालाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ।

बुझाइएको ज्ञापनपत्रमा फोहर डम्पिङका कारण उत्पन्न दुर्गन्ध, स्वास्थ्य जोखिम, वातावरणीय प्रदूषण तथा आवत–जावतमा भइरहेको कठिनाइप्रति गम्भीर आपत्ति जनाइएको छ। नागरिक समाजले सात दिनभित्र उक्त स्थानबाट फोहर व्यवस्थापन गतिविधि अन्यत्र सार्न तथा बस्ती क्षेत्रमा डम्पिङ नगर्न उपमहानगरलाई आग्रह गरेको छ।

ज्ञापनपत्रमा चेतावनी दिँदै उल्लेख गरिएको छ, “यदि हाम्रो मागको अवहेलना भयो भने, हामी नागरिक समाज सडक आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप