प्रदेश प्रमुख खापुङलाई मधेसी आयोगको वार्षिक प्रतिवेदन
सारांश
- मधेसी आयोगले कोशी प्रदेश प्रमुखलाई आफ्नो वार्षिक प्रतिवेदन बुझायो।
- प्रतिवेदन बुझ्दै प्रमुख खापुङले आयोगको भूमिकाको प्रशंसा गरे ।
- आयोगकी सदस्य साहले उजुरी र त्यसको समाधानबारे जानकारी दिइन्।
मोरङ । मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगकी सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख खापुङलाई सो प्रतिवेदन पेस गरिन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाइएको हो ।
प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मधेसी जनताको हकहित, संरक्षण, प्रवर्द्धन र सुरक्षा एवं सो समुदायमा देखिएको समस्या समाधान गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे । खापुङले हिमाल, तराई, पहाडमा बसोबास गर्ने नेपाली जनताबीच एकता कायम गरी राष्ट्रियता संवर्द्धन गरी राष्ट्रिय एकता बलियो बनाउन आयोगले गरेको कार्यको प्रशंसा गरे ।
आयोगकी सदस्य साहले आयोगमा उक्त वर्ष ३७ वटा उजुरी प्राप्त भएको र सो उजुरीउपर सम्बन्धित निकायमा उजरीकर्ताबीच छलफल गरी पीडितलाई सहजता प्रदान गरेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण