लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै
सारांश
- लहानमा क्रिकेट रङ्गशाला बनाउने प्रक्रिया सुरु भएको छ।
- मन्त्री गुप्ताले तीन करोड बजेटको व्यवस्था भइसकेको र काम छिट्टै सुरु हुने बताए।
- लहान क्रिकेट क्लबका अध्यक्षका अनुसार रङ्गशाला निर्माणका लागि नगरपालिकाले दुई करोड दिने घोषणा गरेको छ।
सिरहा । जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सघन रूपमा अघि बढेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रङ्गशाला निर्माण प्रक्रियाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणका लागि यज्ञभूमि पुगेका छन् ।
निरीक्षणका क्रममा मन्त्री गुप्ताले मन्त्रालयबाट रु तीन करोड बजेटको व्यवस्था भइसकेको जनाउँदै प्रविधिक अध्ययनको काम भइरहेको बताए । विगतमा विभिन्न कारणले रोकिएको बजेट फुकुवाका लागि अर्थ मन्त्रालयमा फाइल पुगेकाले प्रक्रिया पूरा भएलगत्तै काम सुरु हुने उनले विश्वास दिलाए । “हामी जसरी हुन्छ काम अगाडि बढाउनेतर्फ केन्द्रित छौँ, कागजपत्र मिलाउने, रकम व्यवस्थापनलगायत काम प्रक्रियामा छन्”, मन्त्री गुप्ताले भने ।
लहान क्रिकेट क्लबका अध्यक्ष विमल ठाकुरका अनुसार उक्त क्षेत्र सरकारी जग्गा भएकाले रङ्गशाला निर्माण सहज हुने बताउँदै लहान नगरपालिकाले रु दुई करोड सहयोग घोषणा गरिसकेको जानकारी दिए । मन्त्रालयको रु तीन करोडसहित रु पाँच करोडको प्रारम्भिक काम शीघ्र सुरु हुने उनले बताए ।
पहिले सार्वजनिक भइसकेको डिजाइनअनुसार विस्तृत परियोजना प्रतिवेदन डिपिआर) तयार गर्ने काम भइरहेको क्लबले जनाएको छ । मन्त्री गुप्ताको गृहनगर भएकाले रङ्गशाला निर्माणप्रति स्थानीयस्तरमा थप आशा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण