सर्लाहीमा शीतलहर पूर्वतयारी तीव्र
सर्लाही । सर्लाहीमा चिसो बढ्दै गएपछि कार्यालय प्रमुखहरूको बैठकले शीतलहर प्रभावितका लागि राहत तथा पूर्वतयारी योजना तत्काल लागू गर्ने निर्णय गरेको छ।
मंसिरदेखि फागुन मसान्तसम्म तराई–मधेसमा जाडो तीव्र हुने भएकाले हरेक कार्यालयले शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा उपलब्ध गराइएको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ लाई कडाइका साथ लागू गर्ने निर्णय पनि गरेको छ।
बैठकले स्थानीय तहहरूलाई आपत्कालीन कार्यसञ्चालन केन्द्र कार्यविधि–२०८२ अनुसार स्थानीय आपत्कालीन केन्द्र स्थापना गरी तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।
सार्वजनिक सेवा प्रवाहलाई गुनासोरहित, छिटोछरितो र प्रभावकारी बनाउन सबै कार्यालयहरूलाई स्पष्ट कार्यादेश दिइएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए।
त्यस्तै, कर्मचारी मिलन केन्द्र सर्लाहीको कार्यकाल सकिएको हुँदा नयाँ समिति गठन गरिँदै मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरेको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
तदर्थ समितिमा उपेन्द्रप्रसाद सिंह (उपाध्यक्ष), सम्झना लामिछाने (कोषाध्यक्ष), उमेश महतो, धन्नजयप्रसाद दास, शशी यादव र मुकेशकुमार यादव सदस्य रहेका छन्।
शीतलहरका कारण हुने जनधनको सम्भावित जोखिम न्यूनीकरण गर्न सबै निकाय एकीकृत रूपमा अघि बढ्ने बैठकले प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण