जसपा नेपाल निकट युवा संघको अध्यक्षमा मनिष
सारांश
- जनता समाजवादी पार्टी नेपालको युवा सङ्गठनको तदर्थ समिति गठन गरिएको छ।
- मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन भएको छ।
- नयाँ समितिलाई ६ महिनाभित्र संगठन निर्माण गरी निर्वाचन गराउने जिम्मेवारी दिइएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको भातृ सङ्गठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । दुई दिनसम्म चलेको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो ।
संघको उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जीवी यादव र रविन पाख्रिन चयन भएका छन् भने महासचिवमा दीपेन्द्र कापडी र सचिवमा सौरभ शर्मा, कमल नेम्वाङ्, शिवराज बेघा, राजु यादव र विनय यादव चयन भएका छन् । शत्रुधन यादवलाई भने कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरूको यही मंसिर १५ गते काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबिच शपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका इन्चार्ज विक्की यादवले जानकारी दिए ।
तदर्थ समितिलाई ६ महिनाभित्र वडादेखि केन्द्रसम्मै सङ्गठन निर्माण गरी निर्वाचन गराउने कार्यभार तोकिएको इन्चार्ज यादवले बताए ।
संघले सङ्गठन निर्माण, विस्तार एवं संघीय चुनाव केन्द्रित छिट्टै आफ्नो भावी कार्ययोजना तथा कार्यक्रमहरू सार्वजनिक गर्ने संघका नवनिर्वाचित अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण